लागूऔषध र हतियारसहित मण्डल पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
सिरहा
सिरहाको कल्याणपुर नगरपालिका वडा नं. २ चतरी बस्ने १९ वर्षीय सुमन कुमार मण्डल प्रतिबन्धित लागूऔषध र हतियारसहित शुक्रवार दिउँसो सिरहाबाट पक्राउ परेका छन्।
मण्डललाई सिरहा नगरपालिका १७ कमला बाँध स्थित ईलाका प्रहरी कार्यालय माडरबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट साइकलमा नेपालतर्फ आउदै गरेको अवस्थामा चेकजाँत गर्दा लागूऔषध र हतियार सहित पक्राउ गरेकोे सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए ।
उनको साथबाट नाइट्राभेट ट्याब्लेट २६ पिस, डाईजेल्याब ३ एम्पुल, सिरिन्ज १ थान, फलामको तरवार १ थान, फलामको फर्सा १ थान, फाईटर ६ थान, पेस्तोल जस्तो आकारको लाइटर गन १ थान र साईकल १ थान बरामद भएको हो।

मण्डललाई जिल्ला अदालत सिरहाबाट म्याद थपगरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...