आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युनेस्कोले सन् १९६७ देखि हरेक वर्ष आठ सेप्टेम्बरका दिन विश्वभर यो दिवस मनाउन थालेको हो ।
संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले यस वर्षको दिवसका लागि ‘ट्रान्सफर्मिङ लर्निङ स्पेस’ अर्थात साक्षरता सिकाइको क्षेत्रमा रुपान्तरण भन्ने नारा तय गरेको छ ।

दिवसका अवसरमा आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको शैक्षिक गुणस्तर मापन केन्द्रले विद्यालयको उत्कृष्टता मूल्याङ्कनको मापनसहितको प्रतिवेदन सार्वजनिक गर्दैछ । दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आजको मुख्य दायित्व भएको बताए।

नेपालमा यही दिवसका दिन राष्ट्रिय शिक्षा दिवस मनाउने गरिएको भए पनि विगत तीन वर्षअघि स्थगन गरिएको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...