नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नागरिकता विधेयक प्रमाणीकरणका लागि भोलि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको छ ।

भोलि बस्ने प्रतिनिधिसभा बैठकमा राष्ट्रिय सभाबाट हुबहु पारित भएको नगरिकता बिधेक सम्बन्धि सन्देश सुनाएपछी सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक हिजो राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो ।
अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।