आज्ञा खबर
काठमांडौ
अनुचित ऋण मिनाहा र मिटरब्याजी सुदखोरलाई कारबाहीको मागसहित मिटरब्याजी सुदखोरविरुद्व संघर्षरत किसान र मजदुरहरूले न्यायको माग गर्दै बिहिबार माइतीघरदेखि बालुवाटारसम्म ‘किसान–मजदुर मार्च’ गरेका छन्।
माइतीघरबाट सहिदगेट, जमल, हात्तीसार, नागपोखरी हुँदै भाटभटेनी पुगेको टोलीलाई प्रहरीले रोकेको थियो। मार्चपासमा वृहत नागरिक आन्दोलनका खगेन्द्र सिटौला लगायतको टोली उपस्थित रहेको थियो।विभिन्न जिल्लाबाट काठमाडौं आएर सडक संघर्ष गरिरहेका किसान र मजदुरहरूले न्यायका लागि माइतीघरमा धर्ना दिएका थिए।
नवलपरासीका विभिन्न स्थानीय तहसहित विभिन्न जिल्लाबाट काठमाडौं आएका मिटरब्याजी सुदखोरपीडित किसानहरूले एक महिनादेखि माइतीघरको सडकमा धर्ना दिइरहेका छन्। आफ्नो माग पुरा नभएको भन्दै उनीहरूले मार्चपास गरेको बताए।





































