आजपनी मधेश प्रदेशमा दिनभरिनै झरी पर्ने सम्भावना

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
मनसुनको न्यून–चापीय प्रणाली मधेश प्रदेशको नजिक रहेकाले गएरातिदेखि नै मधेशका जिल्लामा पानी परिरहेको छ ।
मौसमविद् वरुण पौडेलका अनुसार आजपनी यो क्षेत्रमा दिनभरिनै झरी पर्ने सम्भावना छ ।अहिले मधेशका सबैजसो क्षेत्रमा पानी परिरहेको छ । केही ठाउँमा ठूलो पानी पर्ने भएकाले बाढी र डुबानको जोखिम उच्च छ । यस्तै, आज पहाडी क्षेत्रमा पनि वर्षाको सम्भावना छ । तर, पहाडी क्षेत्रमा लगातार झरी पर्ने सम्भावना नरहेको मौसमविद् पौडेले जानकारी दिए ।

आज मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । यस्तै, राति पनि धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा राति ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।