१२ कक्षाको परीक्षाफल प्रकाशित हुँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
राष्ट्रिय परीक्षा बोर्डले आज यस वर्षको कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने जनाएको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालित परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार आज (मंगलबार) बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी भइरहेको छ ।

उनले नतिजाको अन्तिम रुजु कार्य भइरहेको बताए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा सञ्चालन भएको परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी थिए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...