आज्ञा खबर
काठमांडौ
सरकारले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने भएको छ ।
अर्थमन्त्रालयबाट कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा हुने बीमा समितिले जनाएको छ ।
बीमा समितिको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ६६ लाख ८९२ रुपैयाँ कोरोना बीमा वापत दाबी परेको छ । त्यसमध्ये ३ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिसकेको छ ।
बीमा समितिले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले अर्थमन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीको लागि रकम निकासा गर्ने अश्वासन दिएको बताएका हुन् ।