आज्ञा खबर
काठमाडौँ,
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डरीलाई भेट्न शीतल निवास जाने भएका छन्।
कांग्रेस सभापतिको हैसियतमा उनी राष्ट्रपतिलाई भेट्न शीतल निवास जान लागेका हुन्।
दुवै संसदबाट पारित नागरिकता विधेयक राष्ट्रपति कार्यालयले फिर्ता पठाएपछि शीतल निवास र प्रमुख सत्तारुढ कांग्रेसबीच दूरी बढेको छ।
त्यही कारण देउवा कांग्रेस सभापतिका रुपमा अन्य नेतालाई पनि लिएर भण्डारीलाई भेट्न जान लागेका हुन्।
उनी दिउँसो २ बजे पार्टीका पदाधिकारीलाई लिएर राष्ट्रपति भण्डारी भेट्न शीतलनिवास जान लागेका हुन्।
एकजना पदाधिकारीनिकट स्रोतले बालुवाटारबाट राष्ट्रपति भण्डारी भेट्न जानुपर्ने खबर आएको पुष्टि गरेको छ। ती पदाधिकारीको सचिवालय स्रोतले भेटको एजेन्डाबारे बालुवाटारले केही जानकारी नदिएको पनि बताएको छ।
उता राष्ट्रपतिको कार्यालयले पनि भेट हुन सक्ने जनाएको छ। राष्ट्रपतिका प्रेस सल्लाहकार टीका ढकालले सम्भवत आजै भेट हुन सक्ने बताएका छन्।