हरीवनबाट १० लाख मूल्य बराबरको कपडा बरामद

[sharethis-inline-buttons]

आज्ञा खबर
सर्लाही
महोत्तरीको गौशलाबाट काठमाडौं जादैं गरेको बसबाट सशस्त्र प्रहरीले बिल बिजक नभएको दश लाख मूल्य बराबरको कपडा सर्लाहीको हरिवनबाट बरामद गरेको छ।

प्र.३–०१–००६ ख ०७४४ नम्बरको बस हरीवनमा चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नं. १० गण सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाले जानकारी दिए।

बिल बिजक नभएको बेबारिसे अवस्थामा रहेको २५ सय थान टि–सर्ट बरामद गरिएको हो।

बरामद गरिएको टि–सर्टको अन्दाजी मूल्य १० लाख रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको कपडा जिल्ला भन्सार कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको बताईएको छ।