थप ५४२ जनामा कोरोना पुष्टि,

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ

पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ४ हजार ९३० जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा कोरोना देखिएको हो ।

आज ४२१ जना निको भएका छन् । यस्तै सो अवधिमा मृत्यु भने कसैको भएको छैन ।

हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरूको देशका विभिन्न होम तथा संस्थागत आइसोलेसनमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...