निर्वाचन आयोगमा ४० दल दर्ता

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
निर्वाचन आयोगमा ४० दल दर्ता भएका छन्। निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान गरेकामा शनिबारसम्म विभिन्न ४० राजनीतिक दलले चुनावी प्रयोजनका लागि दल दर्ता गराएका हुन् । हालसम्म प्रमुख दलमा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) ले दल दर्ता गराएका छन् । नेपाली काँग्रेस र माओवादी केन्द्र दर्ताको प्रक्रियामा छन् ।

कामको चापले हाल सार्वजनिक बिदाका दिन पनि आयोगले कामकाज गर्दै आएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...