निहारिकाको माग सम्बोधन हुन्छ : गृह

[sharethis-inline-buttons]

आत्रा खबर
काठमांडौ
महोत्तरीको जलेश्वर नगरपालिका–९ की सोनालीकुमारी सिंह ‘निहारिका’ले आफू १७ वर्षको नाबालिक हुँदै जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको र बलात्कारबाट जन्मिएको बच्चासमेत २३ महिनाको पुगेको छ।े शिवराज र बच्चाको डीएनए परीक्षणको माग गर्दै आएकि उनले
राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी ‘कुमारी आमा’ निहारिका राजपूतका माग सम्बोधनका लागि सरकारले पहल गरेको छ। गत असार ४ गते सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाणले आमरण अनसनरत निहारिकासँग पाँच बुँदे सम्झौता गरेका थिए तर सरकारले आफूसँग गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै निहारिकाले शुक्रबार आत्मदाहको प्रयास गरेकि छिन।

पेट्रोल खन्याएर शरीरमा आगो लगाउने क्रममा निहारिकालाई प्रहरीले उद्धार गरी अस्पताल पु–याएको थियो। उनको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

सरकारका तर्फबाट भएका सहमति कार्यान्वयनका लागि गृह मन्त्रालयले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, अर्थ मन्त्रालयसँग समन्वय भइरहेको र केही दिनभित्र माग सम्बोधन हुने जनाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले राज्य र निहारिकाबीच भएको पाँच बुँदे सहमति कार्यान्वयनमा गृह मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन।
उनले सहमतिका कतिपय विषय अन्य मन्त्रालयसँग समेत जोडिएको र समन्वयका क्रममा केही ढिला भएको स्वीकार गर्दै ‘‘पाँच बुँदे सहमति कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए। उनले
राज्यका तर्फबाट भएका समहति कार्यान्वयन गरी पीडितलाई न्याय दिलाउन गृह मन्त्रालय प्रतिबद्ध रहेको बताए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...