आज्ञा खबर
काठमाडौ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच बिहीबार भेटवार्ता भएको छ ।
भेटमा चुनावी तालमेल, सहकार्य, गठबन्धनको बिषयमा छलफल भएको हो।
छलफल भएपनि निष्कर्षमा पुगेको छैन ।
’ नेपाल समाजवादी पार्टीका नेता विश्वदीप पाण्डेले छलफल सकारात्मक भएको जानकारी दिए । पछिल्लो केहि दिनयता भट्टराईले राजनीतिक भेटवार्तालाई तीव्रता दिएका छन् ।
यसअघि भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका थिए ।
भेटमा भट्टराईले आफूहरु गठबन्धनमा रहेर चुनावमा जाने बताएका थिए।
