भोलि देशभरका नायब सुब्बाहरु बिदामा बस्ने

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
निजामती कर्मचारी युनियनको अगुवाइमा आज सिंहदबारमा भएको कर्मचारीहरुको भेलाले भोलि देशभरका नायब सुब्बा स्तरका कर्मचारीहरु बिदामा बस्ने घोषणा गरेका छना

असमान तलब वृद्धिविरुद्ध आन्दोलनमा उत्रिएका निजामती कर्मचारी (नायब सुब्बा) हरु भोलि मंगलबार बिदामा बस्ने भएका हुँन्। कर्मचारीहरुले आज सिंहदबारभित्रको काम ठप्प पार्दै भेला गरेका थिए । भेलाले भोलि देशभरका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय गरेको छ ।

भोलि थप आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरिने युनियनले जनाएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...