आज्ञा खबर
महोत्तरी
महोत्तरीको बर्दिबास नगर क्षेत्रमा पछिल्लो समय दिउँसै मोटरसाइकल चोरी हुने घटना बढ्दै गए पछी । प्रहरीको बिशेष निगरानी तथा अनुसन्धानको क्रममा मोटरसाइकल चोरी गर्ने गिरोहलाई पक्रउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासले आइतबार राति बर्दिबास मुख्यचोकस्थित सेञ्चुरी बैंक अगाडिबाट चोरी भएको मोटरसाइकल खोजी गर्ने क्रममा चोरीमा संलग्न गिरोह फेला पारेको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार बर्दिबास–७ किसाननगरस्थित रामएकवाल यादवको घरबाट चोरीको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा उक्त गिरोहको पत्ता लागेको हो । मोटरसाइल चोरीमा संलग्न यादव, उनका भाइ रामलक्ष्मण यादव र भङ्गाहा–४ का सुनिलकुमार रामलाई प्रहरीले पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ ।
केही दिन अघि बर्दिबास–१ स्थित रेडियो बर्दिबास परिसरबाटै मोटरसाइकल चोरी भएको थियो । बर्दिबास र गौशाला बजारमा घरको भित्ता फोरेर चोरी क्रमसमेत बढेको प्रहरीले जनाएको छ ।





































