आज नाग पञ्चमी, घरको मूल ढोकामा नागको तस्विर टासिँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
महोत्तरी
आज नाग पञ्चमी। बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिँदैछ। त्यसैले बिहानैदेखि बजारमा नागको तस्विर किन्ने र बेच्नेहरुको भीड लागेको छ।

घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दुस्ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ। प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ।

बजारमा नागका विभिन्न आकृतिका तस्विरहरु पाउन सकिन्छ। हाल धेरैजसो भारतबाट आयातित नागका तस्विरहरुको व्यापार हुने गरेको छ। नेपालमै हातले बनेका नागका तस्विरहरुले बजार पाउन सकेका छैनन्। भारतबाट आउने नागको तस्विरले नेपाली मौलिक नागको तस्विरलाई विस्थापित गर्दै लैँजादा यसरी नागको तस्विर बनाउने समुदाय लोप हुदै गएको छ।

नाग पञ्चमीको दिनदेखि बर्खा सकिएर हिउँद सुरु भएको मानिन्छ। यसदिन नागको वासस्थान भएका पोखरी, कुवा, इनारमा गएर पूजा गर्ने चलन रहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...