आज कोरोनाका बिरामी ७१० जना, सक्रिय संक्रमितको संख्या ४ हजार नाघ्यो

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं:  पछिल्लो २४ घन्टामा देशभर ७ सय १० जना कोरोना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यस अवधिमा गरिएको ५ हजार २५ जनाको परीक्षणमा ७ सय १० जनामा संक्रमण पुष्टि भएको हो।

आज २ जना संक्रमितको पनि मृत्यु भएको छ भने २ सय १५ जना संक्रमणमुक्त भएका छन्। हाल देशभर ४ हजार २३६ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौंमा २२ सय ९९ जना, ललितपुरमा ४३९ र भक्तपुरमा ६८ जना रहेका छन्।

देशभर हाल ३३ जना संक्रमित आइसियू र ३ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ भने १५६ जना संस्थागत आइसोलेशन तथा ४ हजार ८० जना होम आइसोलेशनमा रहेका छन्।