मधेस प्रदेशको बेतिथीः २१ लाखको ट्रयाकसुट र जुता खरिद, कर्मचारीको तलब सभामुखको खातामा

[sharethis-inline-buttons]

आज्ञा खबर

वीरगञ्ज –

मधेस प्रदेशको प्रदेश सभा सचिवालयमा बेतिथी नै बेतिथी भएको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले गरेको लेखापरीक्षणको क्रममा आर्थिक वर्ष २०७७/७८ मा भएका बेतिथीहरू बाहिर आएका छन्।

महालेखा परीक्षकको कार्यालयले जारी गरेको मधेस प्रदेश सभाको चौथोँ वार्षिक प्रतिवेदन २०७९ मा प्रदेश सभा सचिवालयको वार्षिकोत्सवमा २१ लाख ३० हजार बराबरको ट्रयाक-सुट र जुता खरिद गरिएको पाइएको छ।

वार्षिकोत्सवमा ब्यक्तिगत प्रायोजनको लागि २४७ थान ट्रयाकसुट र ६६ जोर जुता खर्चको मापदण्ड तयार नगरी बोलपत्रसमेत नगरि सोझै खरिद गरिएको छ। सरकारी कार्यालयले भुक्तानी गर्दा समबन्धित संस्था वा ब्यक्तिको बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने ब्यावस्था रहेकोमा सचिवालयले सभामुखको निर्णय अनुसार सचिवालयमा कार्यरत रहेका कर्मचारीको तलब सभामुख र उपसभामुखको बैंक खातामा पठाएको महालेखाले जनाएको छ।

सचिवालयमा कार्यरत रहेका क्रमशः १० जनाको पारिश्रमिक २४ लाख २९ हजार तथा ८ जना कर्मचारीका पारिश्रमिक १६ लाख ४६ हजार सभामुख र उपसभामुखको खातामा पठाएको छ। कर्मचारीको तलब सभामसख र उपसभामुखको खातामा पठाईएपछि समबन्धित कर्मचारीले पारिश्रमिक बुझेको भरपाई पेश गर्न महालेखाले प्रदेश सभालाई भनेको छ।

सभामुख र उपसभामुखको सेवा समबन्धि ऐन एवं प्रदेश सभामा स्वीकृत दरबन्दिमा पनि राजनैतिक सल्लाहकार,प्रेस सल्लाहकार राख्ने ब्यावस्था नभए पनि सचिवालय ब्यावस्थापन तथा सञ्चालन समतिको २०७६ साल माघ १५ गतेको बैठकले राजनितिक सल्लाहकारलाई ७ लाख ६९ हजार र प्रेस सल्लाहकारलाई ४ लाख ३२ हजार भुक्तानी गरिएको छ।

अत्यावशयक काम बाहेक अनियमित काममा बसेको बैठकको भता खर्च गर्न नपाईने ब्यावस्था भएपनि सचिवालयले विभिन्न कानुन निर्माणको अनुसांगिक तथा शुद्धाशुद्धी हेरी मिलाउने कार्य गर्न एक जना बाहिरी प्रतिनिधीसहित सचिवको संयोजकत्वमा ३ सदस्यीय समिति बनाई अन्य ३ जना आमन्त्रीत सदस्य राखेर १४९ वटा बैठकको भता १८ लाख ५८ हजार खर्च गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

सचिवालयले असार महिनामा रकमान्तर गरेर सीप विकास तथा जनचेतना तालिम गोष्ठी कार्यक्रममा एक करोड ३३ लाख २ हजार कायम गरेको छ। यस्तै असार महिनामै पुँजीगततर्फ अन्य सार्जवनिक निर्माणबाट २ करोड र गैरआवासीय भवन मर्मतबाट ६० लाख रकमान्तर गरी ६५ लाखको सवारी साधन खरिद गरिएको र २५ लाख सवारी साधन मर्मतमा खर्च गरिएको छ।

यस वर्ष प्रदेश सभा सचिवालयको बेरुजु ४ करोड ३१ लाख ४६ हजार रहेकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि प्रतिक्रीयाबाट बेरुजु फर्यौट हुन नसकेर सोही रकम बाँकी रहेको महालेखाको प्रतिवेदनमा जनाइएको छ। साभार देश सञ्चार