वीरगञ्जबाट ३ हजार एम्पुल लागुऔषधसहित एक युवक पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर
पर्सा : पर्साको वीरगञ्जबाट प्रहरीले ३ हजार १९ एम्पुल लागु औषधसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१० घर भएका ३१ वर्षका अनिलकुमार मण्डल छन् ।बिआर–०७ वाई–८२०१ नम्बरको मारुती कारमा भारतबाट नेपालतर्फ लागुऔषध लिएर आउँदै गरेको अवस्थामा आरोपीलाई पक्राउ गरिएको पर्साका एसपी रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए । शुक्रवार साँझ रजतजयन्ती चोकबाट पक्राउ गरेर प्रहरीले उनीमाथि अनुसन्धान गरिरहेको छ ।

 

प्रहरी निरिक्षक प्रज्वल थपलियाको कमाण्डमा खटिएको टोलीले मण्डलको साथबाट फेनारगन ८८६ एम्पुल, डाइजेपाम ११५५ एम्पुल र नुरफिन ९७८ एम्पुल बरामद गरेको छ । आरोपीको साथबाट १७ सय ८५ ट्याब्लेट नाइट्रोभेट पनि बरामद गरिएको एसपी बस्नेतले जानकारी दिए ।साभार: रातोपाटी

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...