महोत्तरी प्रहरीद्वारा ३०२ अपराधी पक्रउ

[sharethis-inline-buttons]

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले फैसला कार्यान्वयनअन्तर्गत ३०२ जना फरार अपराधीहरू पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा मातहत कार्यालयहरूबाट आर्थिक वर्ष २०७८/७९ को सम्पादन गरिएका विविध कार्यहरूको बुधबार सार्वजनिक भएको विवरणअनुसार ३०२ जनालाई पक्राउ गरिएको उल्लेख छ ।

महोत्तरी प्रहरीको कमाण्ड एसपी कृष्ण पंगेनीले सम्हाल्नेवित्तिकै कार्यसम्पादनले तीब्रता पाएको छ । पंगेनीले ७० प्रतिशत कार्यसम्पादन गर्न महत्वपूर्ण भूमिका खेलेका हुन् ।

फरारपछि पक्राउ गरिएका ३०२ जनाबाट ७३ वर्ष ३ महिना ८ दिन कैद असुल र जरिवाना असुली ३८ लाख ९६ हजार ९ सय ४८ रुपियाँ असुल भएको महोत्तरी प्रहरीका प्रमुख (एसपी) पंगेनीले जानकारी दिएका छन् ।

महोत्तरी प्रहरीमा ७४५ मुद्दा दर्ता भएका थिए । त्यसमा ४९३ मुद्दा फर्र्छौंट भएको छ । २५२ वटा मुद्दा बाँकी रहेका छन् ।

महोत्तरी प्रहरीले ६०८ जना मानिस पक्राउ गरेको थियो । २०९ जना पुर्पक्षमा थुनामा गएका छन् । ३५१ जना धरौटीमा छुटेका छन् । ७ जनलाई अभिभावकको जिम्मेवारी लगाइएको छ । साधारण तारेखमा ५ जना छुटेका छन् । अनुसन्धानको क्रममा रहेकाको संख्या ३६ रहेको छ ।

महोत्तरी प्रहरीले लागुऔषध बरामद पनि उल्लेख्य रुपमा गरेको छ । लागुऔषधमा प्रहरीले ९७ वटा मुद्दा दर्ता गर्नुका साथै १२८ जना पक्राउ गरेको छ ।

महोत्तरीमा आत्महत्याका घटना १४० रहेका छन् । जबरजस्ती करणीका २२ वटा मुद्दा दर्ता भएका छन् । जबरजस्ती करणी उद्योग मुद्दामा पीडित तथा अभियुक्तको संख्या ८ रहेको छ । मुद्धा दर्ता भई ८५ पुरुष र ८ महिला फरार छन् ।

महोत्तरी प्रहरीले भन्सार चोरी निकासी/पैठारीमा १८ जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले ३ करोड १० लाख ८० हजार ५२५ रुपियाँ रकमको सामग्री बरामद गरेको छ ।

भारतीय नम्बर प्लेटका अबैध ६ वटा कार र २९ वटा मोटरसाईकल पक्राउ गरेर भन्सारमा बुझाइएको छ । ७ वटा सवारी साधन फेला परेको छभने ९ जना मानिस पक्राउ परेका छन् ।

महोत्तरीमा प्रहरीले अवैध वित्तीय कारोबारमा कडाइ गरेको छ । अवैध वित्तीय कारोबार गर्ने १० जनालाई पक्राउ गर्नुका साथै १ करोड ३७ लाख ५७ हजार २ सय ४० रुपियाँ बरामद गरेको एसपी पंगेनीले बताए ।

प्रहरीले २ थान हतियार बरामद गर्नुका साथै २ जनालाई मुद्दा दर्ता गरेर कारबाही चलाएको छ ।

सर्वसाधारण तथा चालक एवम् सह–चालकलाई ३७४ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ । ट्राफिक कारबाहीको संख्या ३० हजार २ सय ७० रहेको छ । ट्राफिक कारबाहीबाट २ करोड, ५३ लाख १९ हजार ५ सय रुपियाँ राजश्व संकलन भएको छ ।

महोत्तरीमा ७ जेष्ठ नागरिक, १०९ महिला, ८ बालक, १०८ बालिका हराएका छन् ।

हराएका मध्ये ३ जना जेष्ठ नागरिक, ३८ महिला, ३ बालक र ७२ जना बालिका फेला परेको एसपी पंगेनीले बताए ।

महोत्तरीमा महिला, बालबालिका तथा जेष्ठ नागरिकसम्बन्धी घरेलु हिंसाका ४५५ उजुरी परेका थिए । त्यसमा २६९ मुद्दा फर्र्छौं भएको छ । नागरिकताको सिफारिस १४ सय ६ रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले सालको २२ क्युफिट काठ बरामद गरेको छ । नदीजन्य पदार्थको अवैध उत्खननमा प्रहरीले ६३ वटा गाडीबाट १३ लाख ३ हजार जरिवाना गरेको जनाएको छ । ८ बिघा जमीनको गाँजा पनि प्रहरीले नष्ट गरेको छ । घरेलु मदिराको १२ वटा भट्टी, ४४४ लिटर तयारी मदिरा, ८१ लिटर कच्चा पदार्थ र १२ वटा मेसिनलाई कारबाही गरेको विवरणमा उल्लेख छ । – सभार: रिपब्लिक दैनिक