रामेछाप बस दुर्घटमा मृत्यु हुनेको संख्या १३ चालक प्रहरी नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमाडौं: रामेछापको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको हो। बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

आज बिहान करिब ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुवाहक बस जिल्लाको सुनापती गाउँपालिका(५ र खाँडादेवी गाउँपालिका(१ स्थित सिमानामा दुर्घटना भएको हो।

रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो घुम्तीबाट बस मोडिन नपाई एक्कासी भिरबाट खसेर तल्लो सडकमा बजारिँदा ९ यात्रुको घटनास्थलमा नै ज्यान गएको थियो। बस सडकबाट झन्डै ३०र३५ मिटर तल खसेर तल्लो सडकमा पुगेको थियो। दुर्घटनामा घाइते भएकामध्ये ४ जनाको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरी कार्यालय रामेछापका डीएसपी राजकुमार थिङले बताए।

बस हिँडेको केही घन्टापछि करिब १० किमी गुडेपछि बस दुर्घटनामा परेको बताइएको छ। घाइतेमध्ये तीन जना घाइतेलाई हेलिकप्टरबाट काठमाडौं र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याएको प्रहरीले जानकारी दिएको छ।

बसका चालक भने अहिले प्रहरीको नियन्त्रणमा छन्। उनको अवस्था भने सामान्य नै रहेको छ। चालकले ब्रेक फेलको कारण दुर्घटना भएको प्रहरीलाई जानकारी दिएका छन्।

‘उसले ब्रेक नलागेर दुर्घटना भएको भनेको छ। घटनास्थल हेर्दा पनि बसको चक्का सडकमा घिस्रिएको जस्तो देखिन्छ। थप अनुसन्धान भइरहेको छ,’ डीएसपी थिङले भने।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...