आज्ञा सम्वाददाता
सिन्धुली
सिन्धुली जिल्लाको मरिण गाउँपालिका–२ रातामाटाका नरबहादुर अस्तानील एक सातामै दुईपटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका छन् ।
उनले गत जेठ ७ र १३ गते गरी एक सातामा २ पटक सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका उनलाई मरिण गाउँपालिका गाउँपालिकाले सम्मान गरेको छ ।
अस्तानीलाई गाउँपालिकाको तर्फबाट ५० हजार नगद सहित सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान ‘प्रख्यातले जानकारी दिए ।
सम्मान कार्यक्रममा अस्तानीले आफू विद्यालयमा अध्ययन गर्दा देखिनै सगरमाथा आरोहण गर्ने सपना बोकेकाले सफलता प्राप्त गरेको बताए । ‘उनले ११ वर्षको मेहेनत पछि यो सफलता हाँसिल गरेको बताए ।
