आज्ञा खबर
जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिका(११ को एक किराना पसलबाट प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने गोली बरामद गरेको छ पसलभित्र झोलामा हालेर राखिएको अवस्थामा उक्त पेस्तोल र गोली बरामद भएको प्रहरीले जनाएको छ ।
स्थानीय सुनीता किराना पसलबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउन्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
पसल सञ्चालक छोटेलाल दासलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले जानकारी दिए ।