जसपाको समानान्तर केन्द्रिय समितिको विस्तारित बैठक आब्हान

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले तीनजना मन्त्रीलाई फिर्ता बोलाएर तीन जना मन्त्रीलाई शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बनाए पछि जसपा नेपालको बिवाद चरम चुलिमा पुगेको बेला
सो पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक आब्हान गरेका छन ।
अध्यक्ष उपेन्द्र यादवले बिरगञ्जमा २७–२८ गते केन्द्रिय कार्याकारिणी समितिको बैठक बोलाएकै दिनमा भट्टराईले केन्द्रिय समितिको विस्तारित बैठक बोलाएका हुन ।

पार्टीका पछिल्लो अवस्थाका बारेमा छलफल गरी निष्कर्षमा पुग्नका लागि केन्द्रिय समितिको विस्तारित बैठक बोलाईएको हो’ केन्द्रिय कार्यकारिणी सदस्य गंगा श्रेष्ठका अनुसार केन्द्रिय समितिमा रहेका सबै सदस्यलाई सो बैठकमा उपस्थित हुन लागि निमन्त्रणा गरिएको छ ।