जसपाका तीन मन्त्री फेरिँदै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ
आफ्नो ४ मन्त्रीलाई फिर्ता बोलाएर जनता समाजवादी पार्टी नेपाल (जसपा)ले नयाँलाई जिम्मेवारी दिने भएको छ । आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएको जसपाका एक नेताले बताए।

सिफारिस हुनेहरुमा भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपक्षी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र बन मन्त्रालयमा प्रदीपकुमार यादव रहेका छन् ।

कृषि मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइने भएको छ ।

नब नियुक्त मन्त्रीहरुको आजै शपथ हुने बताइएको छ ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...