आज्ञा सम्वाददाता
महोत्तरी
प्रहरीले महोत्तरीबाट अख्तियारको ‘इन्स्पेक्टर हुँ’ भनेर रकम असुलेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जलेश्वर नगरपालिका–१२ घर भएका ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका घर भएका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन छन् । बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाको पसलबाट उनिहरुले २ हजार २ सय भारतिय रुपैयाँ लिँदै गरेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल, बीओपी जलेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूले अख्तियारमा कार्यरत ‘निरीक्षक हौँ’ भनेर असुल्ने गरेको महोत्तरीका एसपी कृष्ण पङ्गेनीले बताए ।
आरोपीहरुमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको एसपी पङ्गेनीले बताए ।