आज्ञा सम्वाददाता
रौतहट
श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा रौतहट प्रहरीले श्रीमान्लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–९ डुमरीया बस्ने खुर्सैद राइन उपनाम गरेका औसयद महमद कवारी छन्।
गत चैतको १० गते राइनकी श्रीमती तराना खातुन आफ्नै घरको कोठामा पंखामा सलको पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
खातुनको शवलाई उनकी सासू नाजमुन खातुनले सलको पासो काटी चन्द्रपुर अस्पतालमा लगेको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दा खातुनको घाँटी थिची हत्या गरिएको खुलेको थियो।
खातुनलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले उनका श्रीमान् राइनलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।





































