आज्ञा खबर
ललितपुर– नेपाल ट्रक यातायात व्यवसायी महासंघको आयोजनामा ललितपुरको धोबिघाट स्थित महासंघको सभाहलमा मंगलबार अन्तरक्रिया सम्पन्न भएको छ ।
सार्वजनिक यातायातले रोजगार र नेपालको अर्थिक विकासमा पारेको प्रभावका वारेमा अध्ययन गर्न यातायात व्यवस्था विभागले बनाएको अध्ययन दलका प्रतिनिधिसँग ट्रक व्यवसायीहरुले छलफल गरेका हुन् ।
छलफलका क्रममा महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले टोलीलाई सरकारले यातायातसँग सम्वन्धित ऐन, कानुन तर्जुमा गर्दा नियन्त्रणको मात्र उद्वेश्य नराखी विकास र प्रवद्र्घनमा ध्यान दिनुपर्ने सुझाव दिनुभएको थियो ।
कार्यक्रममा महासंघले पार्किङ, भारतीय ट्रकको ओभरलोड र निर्वाध आगमनले पारेको प्रभाव लगाएत समसामयिक समस्या समेटिएको २१ बुँदे सुझाव पत्र अध्ययन दलका प्रतिनिधिलाई हस्तान्तरण गरेको महासचिव राजेन्द्र विक्रम बानियाँले जानकारी दिनुभयो ।
ट्रक व्यवसायीले अन्तरक्रियामा उठाएका विषयलाई अध्ययन गरेर रिपोर्टमा समेटिने प्रमुख अनुसन्धानकर्ता डा।रमेश पौडेलले बताउनुभयो ।
विभागको अध्ययन दलसँग ट्रक महासंघको छलफल

© 2025: Aagya Khabar | All right reserved | Privacy Policy
Powered by: ProTech