भारतबाट भन्सार छलि गरी ल्याउँदै गरेको सामानहरु प्रहरीको नियन्त्रणमा

[sharethis-inline-buttons]

आज्ञा खबर
रोशन कुमार महतो।

महोत्तरी प्रहरीले भन्सार छलिका सामानहरु नियन्त्रणमा लिएको छ ।

भारतबाट लुकाई छिपाई भन्सार छलि गरी ल्याउँदै गरेको सामानहरु नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सोमवार भन्सार छलि गरी ल्याउँदै गरेको भिप्पो बटन बाला मोबाईल ८ थान र लेडिज कुर्ता सुरवाल ११ थान गरी जम्मा अन्दाजी १९ हजार रुपैयाको सामानहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।

महोत्तरीको औरही नगरपालिका–४ कविलाशास्थित अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलीले ती सामाग्रीहरु नियन्त्रणमा लिएको महोत्तरीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागि जलेश्वर भन्सार कार्यालय मलिवारा पठाइने प्रहरी नायब उपरीक्षक विष्टले जनाए ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...