आज्ञा खबर
काठमाडौं :लोकदोहोरी गायिका दिलमाया सुनारको शंकास्पद मृत्यु भएको छ।मृत्यु प्रकरणमा पक्राउ परेका उनका प्रेमी भनिएका सूर्य श्रेष्ठलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। दिलमायाका बुबा केशर बिकले श्रेष्ठबिरुद्ध किटानी जाहेरी दिएका छन्।
उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको बालाजु प्रहरी प्रमुख गौतम मिश्रले जानकारी दिए।
नेपालटारस्थित डेरामा शनिबार बिहान मृत अवस्थामा भेटिएकी दिलमायाको मृत्यु अहिलेसम्म शंकास्पद नै देखिएको छ।
मृत्युअघि दिलमायाको फेसबुकमा पोस्ट भएको स्टाटस पनि शंकास्पद देखिएको छ। उनको मोबाइल फोन अहिलेसम्म भेटिएको छैन।पोस्टमार्टमको रिपोर्ट आएपछि यसबारे स्पष्ट हुने प्रहरीले बताएको छ।





































