आज्ञा खबर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई विवादित अमेरिकी सम्झौता आफ्नो नेतृत्वमा रोक्न सफल भएको बताएका छन्। नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले सोमबार ललितपुरको जावलाखेलमा आयोजना गरेको ‘नेपालमा समाजवाद चुनौती र सम्भावना’ विषयक अन्तरक्रियामा बोल्दै उनले यसो भनेका हुन्।
अध्यक्ष प्रचण्डले अहिले पनि यो संविधान र संघीयता नै खारेज गर्न पाए हुन्थ्यो भन्ने तत्वहरु सक्रिय भइरहेको बताएका छन्। आफूभन्दा पहिले बोलेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतिर लक्षित गर्दै उनले अमेरिकी सहायता सम्झौता एमसीसीमाथिको १२ बुँदे व्याख्या आफ्नो नेतृत्वमा सम्भव भएको पनि बताए।
दाहालले उक्त १२ बुँदे व्याख्यालाई अमेरिकाले स्वीकारेर एमसीसी कार्यान्वयनमा गइसकेको बताएका छन्।
ुम भन्दा अगाडि बोल्नुहुने झलनाथजीलाई भन्न चाहन्छु, एमसीसीमा संशोधन मैले नै राखेको होु, उनले भने, अर्को अमेरिकी सैन्य सम्झौता एसपीपीलाई खारेज गराउन हामीले नै भूमिका खेलेको हो।
उनले फरक प्रसंगमा बोल्दै बिग्रीएपछि सबैभन्दा नराम्रा कम्युनिष्ट हुने पनि बताएका छन्।
अण्डा सड्यो भने त्यो भन्दा गन्हाउने केही हुँदैन। कम्युनिष्ट पनि त्यस्तै हुन्, बिग्रिए भने सबैभन्दा गन्हाउँछ उनले भने, हामीले त राम्रो हुन्छ भनेर कम्युनिष्टलाई मिलाउन खोजेकै हो। हामीले वाम गठबन्धन गरेको त चेउसेस्को भन्दा चर्को आफ्ना सहकर्मीलाई निषेध गरियो। कति धेरै भ्रष्टाचार भयो केपी ओलीहरुको पालामारु
उनले अहिले केपी ओलीले आफूले राखेको १९ पृष्ठको दस्तावेजले खत्तम गर्यो भनिरहेको पनि उनले बताए।
कम्युनिष्ट पार्टीभित्र संविधान, प्रगति विरोधी कदम बढेपछि १९ बुँदे हानिएको होु, उनले भने,मेरो १९ बुँदेमा सहमत वामदेव गौतमले अचेल त्यो बेठीक भनिरहनु भएको रहेछ, मलाई अचम्म लाग्यो। त्यो मेरो मात्रै होइन, तत्कालीन नेकपाका बहुमत नेताको दस्तावेज थियो।
