आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको गौशालामा एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा गौशाला नगरपालिका– ५ स्थित एक घरमा डेरा गरि वस्दै आएका जलेश्वर नगरपालिका–४ सुगा घर भएको २६ वर्षीया पुनम महतो रहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रञ्जन मिश्रले जानकारी दिनुभयो ।
घरको छतमा कपडा सुकाउन गएकि उनीे कपडा टिपने क्रममा खुट्टा चिप्लीएर अचानक छतबाट तल खस्दा पुनमको घटनास्थलमै मृत्यु भएको मिश्रले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको बताईएको छ ।





































