आज्ञा खबर
महोत्तरी
महोत्तरीको सदरमुकाम जलेश्वरमा एक घरबाट लाखौंको गरगहना चोरी भएको छ ।
जलेश्वर नगरपालिका–६ मा चोरी गर्ने एक समूहले
आफन्तको विवाहमा असार ६ गते भारतको बिहार राज्यको मुज्जफरपुरस्थित पुरै परीवार गएको मौका छोपी स्थानीय दिलीपकुमार मिश्रको घरको ताल्चा फुटाएर १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित २० लाखको धनमाल चोरी गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए ।
उनका अनुसार सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल गरी रु १९ लाख ७० हजार मूल्य बराबरको धनमाल चोरी गरी लगेका छन् ।
चोरी घटना विषयमा अनुसन्धान भइरहेको र चोरको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।