लोसपा र लोकदलबीच आज पार्टी एकता हुँदै

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
आज दिउँसो २ः३० बजे लोसपा केन्द्रीय कार्यालय बबरमहलमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र लोक दलबीच एकीकरण हुँदैछ ।।

कौशल सिंहको नेतृत्वमा रहेको लोक दल लोसपासँग एकीकरण गर्न लागेको लोसपाका सचिव रञ्जित झाले जानकारी दिए ।
उनले सिंहलाई लोसपाको कार्यकारिणी समितिमा ल्याउने सहमति भएको समेत बताएका छन्।

पार्टीले आगामी संघीय निर्वाचनको लागि पनि अन्य दलसँग गठबन्धनको तयारी गरिरहेको छ ।

 

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...