८४ करोडको बजेट सहित गौशाला नगरपालिकाको नगरसभा सम्पन्न

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
महोत्तरीको गौशाला नगरपालिकाले आठौँ नगरसभामा सम्मपन्न गरेको छ। नगरसभाले शुक्रवार आगामी आर्थिक वर्षका लागि ८४ करोड भन्दा बढीको बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा उपमेयर रेनु कुमारी महतोले आगामी आर्थिक वर्षका लागि ८४ करोड ३३ लाख २५ हजार ६०७ रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन्।

प्रस्तुत बजेटमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १८ करोड २७ लाख, संघीय राजस्व बाँडफाँडतर्फ १४ करोड ६१ लख ६२ हजार, संघीय सर्शत तर्फ २९ करोड ११ लाख, संघीय बिशेष अनुदान २ करोड ५० लाख, प्रदेश सरकारको अनुदान तर्फ वित्तीय समानिकरण अनुदान १ करोड २० लाख ६१ ह्जार, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख, राजस्व बाँडफाँड १ करोड ३५ लाख ९२ हजार ६०७, आन्तरिक आय तर्फ ८ करोड २ लाख १० हजार, अल्या रकम ८ करोड गरी कुल ८४ करोड ३३ लाख २५ हजार ६०७ को आयको अनुमान गरिएको छ।

यस्तै, नगरप्रमुख डा. दिपेन्द्र महतोले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, खेलकुद कृषि तथा पशुपन्छी विकास, रोजगार, पर्यटन क्षेत्रको विकास लगायतका विषयलाई प्राथमिकता दिएका छन्।