कमलामाई नगरपालिकाको बजेट एक अर्ब ३४ करोड

[sharethis-inline-buttons]

आज्ञा खबर
सिन्धुली
कमलामाई नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालन सुरु गरी कृषि क्षेत्रको व्यवस्थापन, उत्पादन र त्यसको बजारिकरणलाई पहिलो प्राथमिकतामा राखेको छ।
नगरपालिकाले कृषिलाई व्यवसायीकरण, बजारीकरण र विस्तारिकरणका लागि आवश्यक पर्ने सिंचाइ, शीतगृह, संकलन केन्द्र सामुदायिक खेती तथा कृषि यान्त्रिकरण विकास गर्ने नीति लिइएको हो
सिन्धुलीका ९ मध्ये सात स्थानीय तहहरूले नीति कार्यक्रम तथा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको मेयर उपेन्द्रकुमार पोखरेलले जानकारी दिए । नगरपालिकाले नगरसभामा नीति तथा कार्यक्रमसँगै शुक्रबार एक अर्ब ३४ करोड ७६ लाख रुपैयाकोँ बजेट प्रस्तुत गरेको हो ।