प्रहरीमा ४ महिलालाई इतिहास रच्ने अवसर

[sharethis-inline-buttons]

आज्ञा खबर
काठमांडौ
नेपाल प्रहरीमा एकैसाथ ४ जना महिला एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस गरिए संगै नयाँ इतिहास बनेको छ। नेपाल प्रहरीमा यो पहिलो घटना हो गृह मन्त्रालयले १७ जना एससपीलाई डीआइजी बढुवामा सिफारिस गरेसंगै एकैसाथ ४ जना महिला एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस गरीएको हो।

०५१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका किरण बज्राचार्य,मीरा चौधरी, दुर्गा सिंह र किरण राना चारैजना डीआइजीमा बढुवा सिफारिस भएसंगै नयाँ इतिहास रच्ने अवसर मिलेकोे हो ।

नेपाल प्रहरीमा एकैपटक दुईजना महिला अधिकृत पार्वती थापा र विमला थापा मात्रै एकसाथ डीआइजीमा बढुवा भएका थिए । अहिले चारजना डीआइजी सिफारिस भएसङ्गै प्रहरीमा नयाँ इतिहास कोरिने भएको छ।
हाल पूजा सिंह एआइजी छन् । यसपटक डीआइजीमा सिफारिस भएका मध्येबाट हालका आइजीपी धीरजप्रताप सिंहपछि आइजीपी बन्ने अवसर प्राप्त गर्नेछन् ।

प्रहरीमा हालसम्म कुनैपनि महिला आइजीपी बन्न सकेको छैनन। महिलाले पनि नेतृत्व हाँक्न सक्छन् भन्ने उदाहरणको लागि यिनै ४ जना महिला डीआइजीबाट आइजीपी बन्ने सम्भावना रहेको छ ।