राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्दै

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
काठमांडौ
दल दर्ता हुन बाँकी रहेको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ।

पार्टी प्रवक्ता मुकुन्द ढकालले आज दिउँसो ४ बजे रिपोर्टर्स क्लबमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन हुने बताए।

राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने व्यवस्था गरिएको छ। २१ सदस्यीय तदर्थ समितिका सदस्यको नाम आज सार्वजनिक गर्ने तयारी रहेको बताईएको छ।

लामिछानेले ७ असारमा मात्र नयाँ दलको घोषणा गरेका थिए। असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...