आज्ञा खबर
काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बिहिबार प्रतितोलामा २०० रुपैयाँले वृद्धि भएको छ। अघिल्लो बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला २०० ले बढेर ९७ हजार ५०० पुगेको छ।
यस्तै तेजाबी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहिबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ। पछिल्लो दिन यता चाँदीको मूल्य घट्दो क्रममा छ।