नेपालले टस जित्यो

[sharethis-inline-buttons]

काठमाडौं-

नेपालले एसिसी वुमन्स टि२० च्याम्पियनसिप २०२२ मा हङकङविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । किनरारा ओभल एकेडेमीमा नेपालकी कप्तान रुविना क्षेत्री बेलबासेले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएकी हुन् । समूह बी मा रहेको नेपाल ३ खेलमा ६ अंकका साथ सेमिफाइनलमा पुगि सकेको छ । नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो । हङकङ २ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा छ ।

हङकङले भुटानलाई १४ रन र बहराइनलाई ८ विकेटले पराजित गरेको थियो ।आजको खेलको नतिजाले नेपालले सेमिफाइनलमा कुन टोलीसँग भिड्ने निर्धारण हुनेछ । नेपाल विजयी हुँदा समूह ए को उपविजेता र पराजित हुँदा समूह ए को विजेतासँग खेल्नेछ । समूह ए मा युएई ३ खेलमा ५ अंकका साथ शीर्षस्थानमा छ ।

मलेसिया ३ खेलमा २ मा जित र १ मा हारका साथ ४ अंक जोड्दै दोस्रो स्थानमा छ ।फाइनल पुग्ने दुई टोलीले एसिया कप महिला टि२० प्रतियोगिता खेल्न पाउनेछन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका टेस्ट टोली हुनेछन् । नेपालले ब्याटिङमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेको छैन । सुरुवाती तीनै खेलमा कमजोर र सुस्त सुरुवात गरेको छ ।

नेपालका ओपनरलाई राम्रो सुरुवात दिन आवश्यक छ ।
नेपालको प्लेइङ ११ :
रुविना क्षेत्री बेलबासे (कप्तान), इन्दु बर्मा, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, विन्दु रावल, ममता चौधरी, संगिता राई, सबनम राई, सीता रानामगर र अप्सरी बेगम

(हाम्रो खेलकुद) –