काठमाडौं-
नेपालले एसिसी महिला टि२० च्याम्पियनसिपमा लगातार तेस्रो जितका साथ एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । नेपालले बहराइनलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।जितको लागि १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको नेपालले ३.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । नेपालकी सीता रानामगरले ३ बलमा १ चौकासहित सर्वाधिक ४ रन बनाइन् । ओपनर इन्दु बर्मा रोयल डक आउट भइन् । रुविना क्षेत्रीले ८ बल खेल्दा खाता खोल्न सकिनन् ।
कविता जोशीले १० बलमा ३ रनमा अविजित रहिन् । ८ रन नेपालले अतिरिक्त पायो ।समूह बी मा नेपाल, हङकङ, कुवेत, भुटान र बहराइन छन् । समूह ए मा युएई, मलेसिया, ओमान, कतार र सिंगापुर छन् । फाइनल पुग्ने दुई टोली एसिया कप महिला टि२० क्रिकेट प्रतियोगिता खेल्न पाउने छन् । जहाँ भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका हुनेछन् । नेपाल पनि प्रतियोगितामा उपाधिको प्रमुख दाबेदार टोली हो ।
अंक तालिका :
नेपाल समूह बी मा ३ खेलमा ६ अंकका साथ शीर्षस्थानमा छ । हङकङ २ खेलमा ४ अंकका साथ नेटरनरेटका कारण दोस्रो स्थानमा छ । कुवेत २ खेलमा १ अंकका साथ तेस्रो स्थानमा छ । बहरानइ ३ खेलमा १ अंकका साथ चौथो र भुटान अंक बिहीन हुँदै पुछारमा छ ।
समूह बी मा मलेसिया २ खेलमा ४ अंकका साथ शीर्षस्थानमा छ । युएई ४ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । कतार २ अंकका साथ तेस्रो, ओमान १ अंकका साथ चौथो र सिंगापुर अंक बिहीन हुँदै पुछारमा छन् ।
(हाम्रो खेलकुद) –





































