विदेश पठाइदिने भन्दै ठगी गर्ने रुपेश पक्राउ

[sharethis-inline-buttons]

आज्ञा खबर

विदेश पठाउने भन्दै ठगी गर्ने बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ का रुपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । काकीले पोखरा र काठमाडौंका २ जना महिलालाई विदेश पठाउने भन्दै ठगी गरेका हुन।
काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सीकोला बस्ने २८ वर्षीया अर्की महिलालाई डिपेन्डेन्ट भिषामा अष्ट्रेलिया लैजान्छु दिन्छु भनी चेक बाट ९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ । यस्तै पोखरा महानगरपालिका वडा नम्बर १६ बिरौटा बस्ने २२ वर्षीया एक महिलालाई क्यानडा पठाइदिने भन्दै ११ लाख ७१ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।