टि २० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

[sharethis-inline-buttons]

काठमाडौं –

स्पिनर संगिता राई र तीव्र गतिकी बलर कविता कुँवरको उत्कृष्ट बलिङ सहयोगमा नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ मा विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको हो

जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अल आउट भयो । भुटानकी छिरिङ जाङ्मोले २८ बलमा सर्वाधिक १६ रन बनाइन् । अन्य भुटानका खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।नेपालकी स्पिनर संगिता राईले २.५ ओभरमा ६ रन खर्चेर ४ विकेट लिइन् । कविता कुँवरले ३ ओभरमा १ मेडनसहित ३ रन खर्चेर २ विकेट लिइन् ।

सीता रानामगरले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । इन्दु बर्मा र अश्मिना कर्माचार्यले १(१ विकेट लिए ।त्यसअघि युकेएम एसडी क्रिकेट ओभल बांगीमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९४ रन बनाएको थियो । नेपाली काजल श्रेष्ठले २६ बलमा १ चौकासहित सर्वाधिक २० रन बनाइन् ।

खराब सुरुवात गर्नेक्रममा १२-३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि काजल श्रेष्ठ र इन्दु बर्माले ३२ रनको साझेदारी गरेका थिए । इन्दु २६ बलमा १ चौकासहित २० रनमा आउट भइन् ।
नेपालको खेल तालिका
असार ४ (जुन १८ ) – नेपालविरुद्ध कुवेत
असार ६ (जुन २० ) – नेपालविरुद्ध बहराइन
असार ७ (जुन २१ ) – नेपालविरुद्ध हङकङ
असार १० (जुन २४ ) – सेमिफाइनल
असार ११ जुन २५ ) – फाइनल

हाम्रो खेलकुद-