जनकपुरधाममा दोहोरो नागरिकता लिने एकजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
धनुषा
दोहोरो नागरिकता लिने जनकपुरधामका एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ बस्ने २३ वर्षीय आनन्द मिश्र भन्ने आनन्द मोहन शरण रहेका छन।

मंगलवार जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको विशेष अनुसन्धान टोलीले गोप्य सूचनाको आधारमा जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थितबाट शरणलाई पक्राउ गरिएको । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
दोहोरो नेपाली नागरिकता लिएको हुँदा शरणलाई नियत्रणमा लिएर नागरिकता सम्बन्धी कागजातहरू माग गरी हेर्दा आनन्द मिश्र नाम भएको नागरिकताको प्रतिलिपि र आनन्द कुमार मिश्र नाम गरेको सक्कलै नागरिकताको प्रतिलिपि समेत देखाएकोमा नागरिकताको प्रतिलिपिहरू बरामद गरेर नागरिकता सम्बन्धि मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको धनुषका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।