काठमाडौं-
एएफसी एसियन कप २०२३ को छनोट खेलमा सहभागिता जनाएर नेपाली राष्ट्रिय फुटबल टोली आज (बिहीबार) स्वदेश फर्कदैछन् ।
छनोटमा सबै तीन खेलमा हार बेहोरेको नेपाली टोली बिहीबार बिहान १० बजेपछि कतार एअरलाइन्सबाट नेपाल आईपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
३१ सदस्यीय नेपाली टोली स्वदेश फर्कने भएपनि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने कुवेतमै बसेका छन् । प्रशिक्षक अलमुताइरी एन्फासँग बिदा लिएर आफ्नो देश कुवेतमै बसेका हुन् ।सिनियर ११ खेलाडीविनै कुवेत भ्रमणमा पुगेको नेपाल समूह ‘ए’ मा जित र अंकविहीन बन्दै पुछारमा रह्यो । छनोटको पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा नेपाल आयोजक कुवेतसँग ४–१ ले पराजित भएको थियो ।
उक्त खेलमा दर्शन गुरुङले ४० वर्षपछि कुवेतविरुद्ध गोल गर्ने कीर्तिमान बनाएका थिए । ४० वर्षअघि वाइवी घलेले कुवेतविरुद्ध पहिलो गोल गरेका थिए । त्यो नेपालले अन्तर्राष्ट्रिय फुटबलमा गरेको पहिलो गोल हो ।तेस्रो तथा अन्तिम खेलमा नेपाल इन्डोनेसियासँग ७–० को भारी अन्तरले पराजित हुन पुगेको थियो । इन्डोनेसियासँगको खेलमा नेपाल पहिलो हाफमै १० खेलाडीमा समेटिन पुग्दा फराकिलो हार बेहोर्न पुगेको थियो । हाम्रो खेलकुद –





































