प्रदेश १, बागमती र गण्डकीका केही क्षेत्रमा भारी वर्षाको सम्भावना,

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
हाल देशको मधेश प्रदेश, प्रदेश १, बागमती र गण्डकीमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिम न्यून चापीय रेखाको प्रभाव रहेको छ।

आज बिहान मधेश प्रदेश,प्रदेश १, र बागमतीका थोरै स्थानमा वर्षा भएको छ । दिउँसो १, मधेश, प्रदेश, १ बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्ैगरी प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

राति प्रदेश १ र बागमतीका का एक वा दुई स्थानमा भारी वर्षाको सम्भाबना रहेको मौषम पुर्वानुमान महाशाखाले जनाएको छ ।