आज्ञा खबर
यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को वर्ग थपका लागि आवेदन खुलाएको छ ।
विभागले वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।
गएराति ९ बजेदेखि आवेदन खुलेको विभागले सूचना जारी गरी जानकारी गराएको छ ।
विभागले यसअघि सवारी चालक अनुमति पत्रको लागि नयाँ चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो ।