आज्ञा खबर
सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय खारेज गरेको छ । सरकारले भोलि (असार १ गत्ते देखि कार्यालयको समय पुरानै हप्तामा ६ दिन सञ्चालन गर्नेगरी लागु गर्ने भएको हो ।
“मन्त्रिपरिषद्को मिति २०७९÷०२÷२३ गतेको बैठकले परीक्षणको रुपमा ०७९ साल जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन विदा दिने निर्णय खारेज गरेको छ,”
गृह मन्त्रालयले सार्वजनिक बिदा सम्बन्धी सूचना जारी गर्दै भनेको छ, “सबै सरकारी कार्यालयहरूमा आतबारदेखि विहीबारसम्म २०७९ असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत्र मसान्तसम्म कार्यालय समय विहान १० देखि अपरान्ह ५ बजेसम्म हुने र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म हुनेछ ।”
शुक्रबार कार्यालय समय विहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म हुने मन्त्रालयले जनाएको छ।