५२ लाख बराबरको सरसमानसहित बर्दिवासबाट एकजना पक्राउ

[sharethis-inline-buttons]

आज्ञा सम्वाददाता
महोत्तरी
सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासको टोलीले महोत्तरी जिल्लाको बर्दिबास नगरपालिका ४ स्थित पूर्व–पश्चिम लोकमार्गबाट करीव ५२ लाख १० हजार रुपैयाँ बराबरको सरसमानसहित काभ्रे जिल्लाको भुम्लु गाउँपालिका १ बस्ने यम बहादुर श्रेष्ठलाई नियन्त्रणमा लिएको छ ।
ना ३ ख ४७८७ नम्बरको ट्रकमा राखेर लैजाँदै गरेको अवस्थामा नेपाल सरकारको स्वास्थ्य मापदण्डको लोगो नभएको उल्लेखित मूल्य बराबरको गुट्खा तथा ईलेक्ट्रोनिक्स सामान र ट्रकसहित उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिवासबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो। बरामद ट्रकको अन्दाजी मूल्य २० लाख रुपैयाँ रहेको छ।

  • लोड हुँदैछ...
  • Loading...
  • लोड हुँदैछ...