ह्युस्टन, अमेरिका
नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग १३ रनले पराजित भयो । बलिङमा सानदार प्रदर्शन गर्दै मध्यम योगफल मै रोकेपनि पराम्परा ब्याटिङ समस्या दोहोरिदा नेपाल पुन स्तब्ध पर्यो । शीर्ष तीनमा रहँदै आगमी वर्ष हुने एकदिवसिय विश्वकप छनोट सोझै खेल्ने अवसर रहेको नेपाललाई यो हारले धक्का पुर्याएको छ जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभरमा १ सय ९८ रनमा अल आउट भयो ।
नेपालका तल्लोक्रमका आरिफ शेखले ७९ बलमा ६ चौका ६६ सर्वाधिक रनको योगदान दिए । ओमानका कप्तान जिशान मकसुदले शतकसँगै बलिङमा १० ओभरमा ३७ रन खर्चेर ३ विकेट लिए ।त्यसअघि ह्युस्टनस्थित मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । ओमानका कप्तान जिशान मकसुद १ सय २६ बलमा १२ चौकासहित १ सय ४ रनको शतकीय इनिङ खेल्दै प्रतिस्पर्धात्मक योगफल निर्माण गरेका थिए ।
मकसुद बाहेक अन्यको प्रदर्शन भने राम्रो थिएन । तीव्र गतिका बलर करण केसीले पुरै दबाब राखेका थिए । नेपालका करण केसीले १० ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए । बलिङमा सानदार प्रदर्शन गरेपनि नेपालले ओमानसँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छन् । (हाम्रो खेलकुद) –